म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन « Khabarhub

म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा करिव २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७ सय ८६ जनाको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १ हजार ३ सय ४० जना पुरुष र ४ सय ४६ जना महिलाले आवेदन दिएका छन् । भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो ।

लमजुङमा जिल्ला प्रहरी कार्यालय लमजुङ, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए ।
उनका अनुसार अन्तिम दिन बिहीबार मात्रै २ सय ८० जनाले आवेदन दिएका छन् ।

पुरुष २ सय २० र महिला ६० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिने जनाएको छ ।

असोज ७ गते शुक्रबार सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ४४ बजे

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन