नागरिकता विधेयक प्रमाणीकरण विषयको रिटमाथि आज सुनुवाइ हुँदै « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरण विषयको रिटमाथि आज सुनुवाइ हुँदै


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी परेको रिटको सुनुवाइ आज हुने भएको छ। आजका लागि पेसी तोकिएको भएपनि समय भने निर्धारण भइसकेको छैन।
यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएपछि सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो।

अधिवक्ता सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गरेका हुन्।

बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : ४६ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी