सिराहामा सालनालसहित शिशुको शव भेटियो  « Khabarhub

सिराहामा सालनालसहित शिशुको शव भेटियो 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिराहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : ४० बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न