सिराहामा सालनालसहित शिशुको शव भेटियो  « Khabarhub

सिराहामा सालनालसहित शिशुको शव भेटियो 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिराहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : ४० बजे

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान