‘रेमिट्यान्सबाट वैदेशिक ऋण तिर्न सकिदैँन्’ « Khabarhub

अर्थविद् अधिकारी भन्छन्ः

‘रेमिट्यान्सबाट वैदेशिक ऋण तिर्न सकिदैँन्’

बजेट निर्माण प्रक्रिया वैज्ञानिक नहुँदा विदेशी ऋण सदुपयोग हुन सकेन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् चन्द्रमणि अधिकारीले विदेशबाट लिइने ऋणको सदुपयोगको विषयमा सरकार स्पष्ट नभएको बताएका छन् । खबरहबले आयोजना गरेको वैदेशिक ऋणको सदुपयोग विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् प्रा.डा.अधिकारीले विदेशी दातृ निकायबाट लिइएको ऋणको सदुपयोग स्पष्ट हुन नसकेको बताए ।

साथै उनले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट वैदेशिक ऋण तिर्न सम्भव नभएको पनि टिप्पणी गरेका छन् । सरकारले सजिलै विदेशीले दिने ऋण स्वीकार गर्ने तर त्यसको सदुपयोगमा गम्भीर नहुँदा नेपालीमाथि वैदेशिक ऋणको बोझ बढिरहेको अधिकारीको भनाई छ ।

‘विदेशीले ऋण दिँदा धेरै मापदण्ड तय गरेको हुन्छ । ऋणको मोडल तय गरेर मात्रै दिन्छ । हामी त्यसलाई राम्रोसँग हेर्दै नहेरी फ्याट्टै हस्ताक्षर गरिदिन्छौँ’ उनले कार्यक्रममा भने, ‘विदेशीले मोडल तयार पारेर दिएको ऋणको सदुपयोग कुनै मोडलमा गर्दैनौँ । त्यसमाथि हामीले बनाएको बजेट वैज्ञानिक र व्यवस्थित छैनौँ । यी धेरै कुराले वैदेशिक ऋणले समस्या मात्रै निम्त्याइरहेको छ ।’

नेपालले बहुवर्षीय ऋण लिँदा समस्या भएको पनि उनले बताए । नेपालको बजेट प्रक्रिया वैज्ञानिक नभएका कारण पनि समस्या निम्तिरहने गरेको पनि अधिकारीको भनाई छ । बजेट निर्माण प्रक्रिया वैज्ञानिक नहुँदा नै बजेट पास भएको तीन महिनामै रकमान्तर र शोधान्तरको काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘बजेट पास भएको तीन महिना पनि पूरा भएको छैन । तर बजेट रकमान्तर र शोधान्तर भइरहेको छ’ उनले भनेका छन्, ‘यति कमजोर बजेट निर्माण प्रक्रिया र अर्थ नीतिका कारण समस्या बढ्दो छ ।’

साथै उनले विदेशमा रहेका नेपालीबाट ठूलो हिस्सामा रेमिट्यान्स आउने भएपनि त्यसको सही सदुपयोग हुन नसकेको उनको भनाई छ । विदेशमा रहेका नेपालीबाट आएको रेमिट्यान्सले वैदेशिक ऋण तिर्न नसकिने भन्दै यसको समाधान जटिल भइरहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : १२ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान