चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : प्रचण्ड | Khabarhub Khabarhub

चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : प्रचण्ड


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् ।

आज साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न लायक बनेको बताएका हुन् । उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए । ‘सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ’, उनले भने ।

अध्यक्ष दाहालले नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालसँगै चलचित्र हेर्न छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि गएका थिए । अध्यक्ष दाहालले ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुगेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : १८ बजे

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्