बैतडीमा पाँच घर पहिरोको उच्च जोखिममा « Khabarhub

बैतडीमा पाँच घर पहिरोको उच्च जोखिममा


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिराको उच्च जोखिममा छन् ।

दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

महराको घरमा उनका दिदी बस्दै आउनुभएको थियो । उनलाई आफन्तकहाँ सारिएको प्रहरीले जनाएको छ । पहिराका कारण स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर उच्च जोखिममा छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ३३ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम