पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात  | Khabarhub Khabarhub

पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात 


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो ।

सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लिटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार गत साउन र भदौ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लिटर कच्चा पाम तेल नेपालमा आएको छ ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लिटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ५० बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित