बैतडीमा विद्युतीय राहदानी सेवा पुनःसञ्चालन « Khabarhub

बैतडीमा विद्युतीय राहदानी सेवा पुनःसञ्चालन


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी(इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा  विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो ।  

केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि  विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।  

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ३१ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी