लक्ष्यअनुसार राजश्व संकलन भएन | Khabarhub Khabarhub

लक्ष्यअनुसार राजश्व संकलन भएन


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व संकलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९र०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयका अनुसार चालु आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व संकलन भएको छ । 

नेपालीको महान चाड दसैँ पर्व नजिकिँदै जाँदा अघिल्ला वर्षको तुलनामा पर्साको वीरगञ्ज नाका भएर नेपाल भित्रिने सामग्रीमा यस वर्ष निकै कमी आएको छ । चालु आवको पहिलो दुई महिनामा दशैँलगायतका अन्य चाड पर्व लक्षित विभिन्न खाद्यान्न तथा लत्ता कपडाजन्य सामग्रीको आयातमा कमी आएको हो  । 

सरकारले पछिल्लो पटक आयातमा रोक लगाएका विभिन्न सामानबाहेक अन्य खाद्यान्न तथा लत्ताकपडाजन्य सामग्रीहरु आयात भए पनि अघिल्लो वर्षका समीक्षा अवधिको तुलनामा निकै काम मात्रामा भित्रिएका हुन् । गत असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारी साधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

चालु आवको साउन महिनाका लागि भन्सार विभागले १५ अर्ब २० करोड सात लाख राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यभन्दा दुई अर्ब २१ करोड आठ लाख कम अर्थात १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजश्व संकलन गरेको थियो ।

त्यसैगरी भदौ महिनाका लागि १९ अर्ब २९ करोड ४५ लाख राजश्व संकलनको लक्ष्य पाएको कार्यालयले रु पाँच अर्ब १५ करोड २० लाख कम अर्थात  १४ अर्ब १४ करोड २५ लाख मात्र राजश्व संकलन गरेको छ  । 

 वैदेशिक मुद्राको सञ्चितीकरणलाई मध्यनजर गर्दै सरकारले विभिन्न वस्तुको आयातमा लगाएको रोकका कारण कार्यालयको राजश्व संकलनमा प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ  । 

कार्यालयका अनुसार सबैभन्दा बढी राजश्व संकलन हुने ठूला तथा साना सवारी साधन, मोबाइल फोनलगायतका विलासीसहित विभिन्न १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा देखिएको हो  । 

गत आर्थिक वर्ष ०७८/०७९ को भदौ मसान्तसम्ममा राजश्व सकलनको कारोबारका लागि १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्र प्रयोग भएकामा चालु आवको  सोही अवधिसम्ममा चार हजार पाँच सय ८९ प्रज्ञापनपत्र मात्र प्रयोग भएको कार्यालयले जनाएको छ ।

चारपाङ्ग्रे सवारी साधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएपछि वीरगञ्ज नाका प्रयोग गरी हुने कारोबारमा अन्य समयको तुलनामा करिब २८ प्रतिशतले कमी देखिएको छ  ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ०१ बजे

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक