सागको तयारीलाई उचित वातावरण दिन सकेका छैनौं-मन्त्री विश्वकर्मा | Khabarhub Khabarhub

सागको तयारीलाई उचित वातावरण दिन सकेका छैनौं-मन्त्री विश्वकर्मा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीलाई उचित वातावरण दिन नसकेको बताएका छन् ।

कराते महासंघले आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई सागको तयारीका लागि उचित वातावरण दिन नसकेको स्वीकारेका हुन् ।

‘अहिले विषेश प्रशिक्षण शुरु गरे पनि राम्रो तयारीका लागि उचित वातावरण भने दिन सकेका छैनौं । तर, अब कामर्यविधि आउँदैछ । उक्त कार्यविधि आएपछि अभ्यासको वातावरण राम्रो हुन्छ,’ मन्त्री विश्वकर्माले भने ।

सागको तयारीका लागि अहिले करातेका खेलाडीहरु सातदोबाटोस्थित करातेको हलमा विषेश प्रशिक्षण गरिरहेका छन् । अभ्यासमा २१ जना खेलाडी छन् । कराते अन्तर्राष्ट्रिय स्तरमा अन्य खेलहरु भन्दा सफल खेलका रुपमा हेरिएको खेल भएको पनि मन्त्रीले बताएका छन् ।

खेलाडीहरुलाई राम्रोसँग तयारी गर्न र अन्तर्राष्ट्रिय स्तरमा करातेको विगतको आफ्नो सफलतालाई कायम राख्न निर्देशन समेत दिएका छन् ।

शुक्रबार करातेको सागको प्रशिक्षणमा रहेका २१ जना खेलाडीलाई केल्मे नेपालले खेल सामाग्री हस्तान्तरण गरेको छ । उक्त्त खेल सामाग्री झण्डै ५ लाख बराबर रहेको केल्मे नेपालले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १ : २३ बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको