तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप « Khabarhub

तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघीय नियोगले तालिबानका लडाकुले मुलुकको पञ्जशीर प्रान्तमा बन्दीहरुको हत्या गरेको आरोप लगाएको छ ।

अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघको नियोग (युनामा) ले तालिबानका लडाकुले बन्दीहरुको हत्या गरेको सूचना ‘विश्वसनीय’ रहेको  जनाएको हो ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा) ले विज्ञप्ति जारी गर्दै मुलुकको पञ्जशीरमा तालिबान लडाकुले बन्दीहरुको हत्या गरेको सूचना विश्वसनीय भएको जनाएको हो ।

उक्त प्रान्तमा नेशनल रेजिस्टेन्स फ्रन्ट एनआरएफ नामक समूहले तालिबानविरुद्ध सशस्त्र अभियान सञ्चालन गर्दै आएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसका अनुसार केही समयअघि तालिबानका लडाकुले एनआरएफका संदिग्ध लडाकुलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

युनामाले घटनाबारे निष्पक्ष छानबिन गर्न र घटनामा संलग्नलाई कारवाही गर्न समेत तालिबानसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : १३ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र