क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान पुनः सुरु गर्ने « Khabarhub

क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान पुनः सुरु गर्ने


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो ।

उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौँ–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

उनले भने, “क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुने छ ।”

कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौँ–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ४९ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट