कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु « Khabarhub

कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको उद्घाटन गर्दै कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिए । “खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ ।’ उनले भने, जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो ।”

उनले खेलकुदको विकासका लागि बेदकोट नगरपालिका पनि सरोकारवाल निकायसित सहकार्य गर्न तयार रहेको बताउँदै निकट केही समयमै नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए ।

बडादसैँ तथा शुभ दीपावलीका अवसर पारेर कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा महेन्द्रनगर, झलारी, दैजीलगायतका क्षेत्रका खेलाडी सहभागी छन् ।

त्यस्तै प्रतियोगिता संयोजक शेरबहादुर सिंहले प्रतियोगितामा ५० टोली सहभागी रहेको जानकारी दिए । उनले प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई २१ हजार, द्वितीय हुनेलाई ११ हजार र तृतीय हुने टोलीलाई पाँच हजार एक सय रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ०० बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध