द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट | Khabarhub Khabarhub

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।

विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो ।

विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरु छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले जनाएको हो ।

विश्व खाद्य सङ्गठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताएका हुन् । उनले यसअघि पनि विश्वका विभिन्न देशहरुमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य सङ्कटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताए ।

उनले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको बताए । यी दुई देशका युद्धका कारण विश्वमा अन्य देशहरुमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि सङ्कट बढेको बताएका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : ५५ बजे

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

अर्घाखाँची – अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई

चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

ग्वाङझाउ – चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको