चितवनमा ट्रकले किचेर एक जनाको मृत्यु « Khabarhub

चितवनमा ट्रकले किचेर एक जनाको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन – मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ।

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो।

बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलको पछाडि सवार साह सडकमा खसेका थिए। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

मोटरसाइकल चालक भरतपुर-२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए। ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका-८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ९ : २९ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल