महंगीको मारमा दसैं « Khabarhub

महंगीको मारमा दसैं


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन। सर्वसाधारणमा उल्लास देखिदैन। किनमेलमा पनि तडक भडक छैन।

यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ। “एक त सबै सामान महँगो भएको छ, अर्कोतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भने, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन्। यो सबै सबै सामान महँगिएको र पैसा नभएकै कारण हो”, व्यवसायी अर्यालले थपे।

बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैं आर्थिक सङ्कटले झेलिएको छ। कोरोना भाइरस महामारीपछिको पहिलो दसैं उपभोक्तालाई निकै महँगो पर्नेभएको छ। बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन्।

चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ। दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्गको मूल्य बढेकाले दसैँ महङ्गिएको छ। अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताए।

सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्योउन सकिरहेका छैनन्। उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन। यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ।

दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ। आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ। “बच्चालाई नयाँ कपडा किनिदिनै पर्यो, पहिलाका दसैँमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन”, बालबच्चालाई कपडा किन्न लागेकी सीता तामाङले भनिन्।

चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताए।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ४८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते