पश्चिम युरोपको तापक्रम अहिलेसम्मकै उच्च, अझै बढ्ने अनुमान « Khabarhub

पश्चिम युरोपको तापक्रम अहिलेसम्मकै उच्च, अझै बढ्ने अनुमान


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– पश्चिम युरोपको तापक्रम एक्कासी बढ्न थालेको छ ।

पश्चिम युरोपका फ्रान्स, स्पेन, इटालीलगायतका मुलुकमा तापक्रम ह्वात्तै बढेको हो । फ्रान्सका केही स्थानमा तापक्रम ४५ डिग्रीसम्म पुगेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । तापक्रम अझै बढ्न सक्ने अनुमान मौसमविद्हरुले गरेको बीबीसीले जनाएको छ ।

त्यसबाहेक स्विट्जरल्याण्ड, बेल्जियम, जर्मनी, नेदरल्याण्ड्समा समेत तापक्रम बढेको बीबीसीले जनाएको छ । बढ्दो तापक्रमकै कारण स्पेनका केही क्षेत्रमा डढेलो समेत लागेको अधिकारीको भनाइ छ ।

उत्तर अफ्रिकाको सहारा मरुभूमिबाट आएको तातो हावाका कारण तापक्रम बढेको मौसमविद्हरुले जनाएका छन् । गर्मीका कारण केही मानिसहरुको ज्यान गएको समाचार सार्वजनिक भएपनि यसको पुष्टि भने भइसकेका छैन ।

पश्चिम युरोपका केही क्षेत्रमा विद्यालय बन्द गरिएको तथा मानिसहरुलाई आफूलाई चिसो राख्न आह्वान गरिएको छ ।

स्विमिङ पुल, समुद्रको किनार र सार्वजनिक स्नानकक्षमा मानिसहरुको भीड बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ४७ बजे

माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सचेत रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान