काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन « Khabarhub

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ । धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् । धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए ।

अहिले चलचित्र देखाउन थालिएपनि दर्शकको सङ्ख्या भने अत्यन्त न्युन रहेको व्यवसायीहरूले बताएका छन् । ५२० सिट रहेको हलमा झण्डै एक दर्जन मात्रै दर्शक रहेको उनीहरूले जानकारी दिएका छन् ।

चलचित्र प्रदर्शनीको सुरुवात गत सेप्टेम्बर २० तारिखमा गरिएको थियो । त्यसको उद्घाटन काश्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गर्नु भएको थियो । सो चलचित्र हलको सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन् ।

“मानिसहरू अझै पनि चलचित्र हेर्नेतर्फ सोँचेको देखिएको छैन, उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ, त्यो स्वभाविक हो,” एक स्थानीयले भने ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : १० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।