अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स | Khabarhub Khabarhub

अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए। गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडा दरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ ।

गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ ।

अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १ : ४५ बजे

बागलुङ पुगेर प्रचण्डले भने- माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ

ढोरपाटन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

खर्च क्षमता १५ खर्ब, बजेट माग २५ खर्ब, के गर्लान् अर्थमन्त्री ?

काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ का लागि तत्कालीन सरकारका

स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन आह्वान

काठमाडौं– प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको

सोरु गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ११ जनाविरुद्ध मुद्दा दायर

सुर्खेत- मुगु जिल्लाको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११

कलौनीको स्मृतिमा स्थापना गरिने अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का