इटहरीका मेयर चौधरीलाई कारबाही नगरेको भन्दै कांग्रेस सांसदद्वारा आपत्ति « Khabarhub

इटहरीका मेयर चौधरीलाई कारबाही नगरेको भन्दै कांग्रेस सांसदद्वारा आपत्ति


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सीतादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहेकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कारबाही नगरेकोमा आपत्ति जनाइन् ।

त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अभद्र र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

काँग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कारबाही सरकारलाई सचेत गराएकी थिइन् ।  यसअघि प्रतिनिधिसभाको बैठकको शुरुमै विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ४२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने