करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग | Khabarhub Khabarhub

करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ।

करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाका लागि गाउँपालिकाले गत १ असोजमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो। तर, एक परीक्षार्थीले ‘सेटिङमा करारका अनमी भर्ना गरेको आरोप लगाउँदै पुन परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका छन्। असोज २ गते दिइएको निवेदन उपर गाउँपालिकाबाट कुनै सुनुवाइ नभएको निवेदकले बताएका छन्।

आर्थिक वर्ष २०७९–०८० को करार पदमा सहायकस्तर चौथो तहको अनमी भर्नाका लागि गाउँपालिकाले भदौ १० गते विज्ञापन आव्हान गरेको थियो। निवेदनमा स्वास्थ्य आयोगको ढाँचा र नियम अनुसार ५० वटा प्रश्न सोधिनु पर्नेमा २४ वटा मात्र सोधिएको, पहिल्यै हल्ला चलेअनुसार गाउँपालिका अध्यक्षले बोलाएकै व्यक्तिले उत्तिर्ण गरेको, उत्तिर्ण परीक्षार्थी १० मिनेटमै परीक्षा हलबाट बाहिरिएको, २४ प्रश्नमध्ये २४ वटै जवाफ मिलेका कारण प्रश्न–पत्र आउट भएको उल्लेख छ।

निवेदनमा परीक्षा सञ्चालन अवधिको सीसी क्यामेराको फुटेज हेर्नुपर्ने भनिएको छ। कानुन हातमा लिइ मनपरी गरेको हुनाले कानुनअनुसार पुनः परीक्षा गराइ दिन अनुरोध छ,’ निवेदनमा भनिएको छ, ‘निवेदनको बेवास्ता गरी पुःन परीक्षा नगराए माथिल्लो निकायमा जाने जानकारी गराइन्छ।’

गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले भने अन्तिम परिणाम घोषणा भइसकेकाले पुनर्वितार गर्न नसकिने बताएका छन्। “अरु विषयको परिक्षाको परिणामको बारेमा पनि केही भाइहरुले असन्तुष्टि जनाइरहेका थिए। लिखितरुपमा आधार दिनुस् भनेँ तर दिनु भएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अनमीको विषयमा भोलीपर्सीपल्ट मात्र निवेदन परेको सुनेँ। अन्तिम परिणाम सार्वजनिक गर्नुअघि लिखित निवेदन परेको परीक्षा रोकेर भए पनि छलफल गर्न सकिन्थ्यो।’

गाउँपालिकाले करारमा अनमीसहित हेल्थ असिस्टेन्ट, रोजगार सहायक र कृषि स्नातक प्राविधिकको परीक्षा सञ्चालन गरेको थियो। केहीको परीक्षामा परिक्षार्थीले सन्तुष्टि जनाएका थिए।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ५२ बजे

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ– सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी

झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

झापा – झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन

यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँ : मुख्यमन्त्री लामा

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबै खाले

स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख आम्दानी

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न

खानेपानीमन्त्री यादव भारत प्रस्थान

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका