बेलायतमा बल्छी धुर्वे र राजु माष्टरको प्रस्तुति « Khabarhub

बेलायतमा बल्छी धुर्वे र राजु माष्टरको प्रस्तुति


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

लन्डन – दसैँ‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी  धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन्।

बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले  सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्रो  प्रस्तुति दिए।

दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी  धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे।

कार्यक्रममा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलुक प्रस्तुति प्रस्तुत गरे।

शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीय आस्था भट्टराई हाँस्यव्यङ्य प्रस्तुति गरेकी थिइन्। ठाउँको ठाउँ मानिसरलाई रोष्ट गर्न सक्ने बल्छी ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन्।

यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए। उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ११ : ५० बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती