जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाइले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा (क) र (ख) हेर्ने गरी सो कार्यालय स्थापन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला जिल्लामा ६८ हजार आठ सय २८ मतदाता रहेका छन् । यीमध्ये महिला ३३ हजार पाँच सय चार जना रहेका निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाईंले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ५० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि