दसैँ मनाउने शैली फेरिँदै « Khabarhub

दसैँ मनाउने शैली फेरिँदै


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टिका लगाउने गरिन्छ ।

थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । थारु अगुवा बलवहादुर डँगौराले थारु समुदायमा परम्परा अनुसार दसैँको टीका सेतो लगाउने चलन रहे पनि अहिले रातो लगाउन थालिएको बताउँछन् ।

“हाम्रो परम्परा अनुसार दसैँमा सेतो टीका शरीरका पाँच भागमा लगाइन्छ”, उनले भने– “अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालेका छन् ।”

समय अनुसार चाडपर्व मनाउने चलन पनि फेरिँदै गएको हो । कञ्चनपुरको सुडाका हरिकृष्ण भट्टले पहिला पहिला दसैँको बेला मन्दिरमा जाने पुजाजाठ गर्ने, रातभर मन्दिरमा जाग्राम रहने र मान्यजनबाट जमरा ग्रहण गरी आशिर्वाद लिने चलन रहे पनि पछिल्लो समय दसैँ केवल खानपीनमा मात्रै सीमित भएको बताए ।

“अहिले पहिलाको भन्दा फरक तरिकाले चाडपर्व मनाउन थालिएको छ”, उनले भने– “उतिबेला मन्दिरमा जाने चलन थियो, अहिले घुम्न जाने, रमाइलो गर्ने, खानपीनमा बढी ध्यान दिने गरिन्छ ।” अहिले पुस्ताले रमाइलोमा बढी ध्यान दिने गरेको उनको भनाइ छ ।

अहिले प्रविधिको विकासले पनि चाडपर्व मनाउने चलन फेरिँदै गएको स्थानीय विष्णुदत्त पन्तले बताए । “टाढा भए पनि प्रविधिको माध्यमले आफन्तसँगै भएको जस्तो हुन थालेको छ”, उनले भने– “इन्टरनेटको प्रयोगले विदेशमा रहेकाहरु ‘भर्चुअल’ माध्यमबाट टीका लगाएर खुशियाली मनाउने तथा आशिर्वाद लिने गरेका छन् ।”

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : २० बजे

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।  

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय

सामसुङमा तलब विवाद चर्किँदा १८ दिने हडतालको चेतावनी

सियोल – दक्षिण कोरियाको प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी

दोलखाका ९ स्थानीय तहको बेरुजु ११ करोड १४ लाख

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु सार्वजनिक भएको छ ।

स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले