चोरी-लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता « Khabarhub

चोरी-लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी – दसैँमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ।

घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार नियमित गस्तीमा खटिएका बाहेक टोल टोलको सुरक्षाका लागि मोबाइल टोली परिचालन गरिएको छ। टोलीले घरमा हुने चोरीबाट बचाउन सक्ने प्रहरीको आँकलन रहेको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको उनले बताए। दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो  संख्यामा प्रहरी परिचालन गरिएको उनको भनाई छ।

त्यसैगरी सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको उनले बताए। ‘जिल्लामा १ हजार बढी अतिरिक्त प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘चोरी हुने डर नमानेर ढुक्कसँग दसैँ मनाउन सबैलाई अनुरोध गरेका छौँ।’

सुदूरपश्चिममा चाडपर्वलाई लक्षित गरेर ४ हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ८ : २५ बजे

ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ

जनकपुरधाम‍‍- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता

प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले

निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन विरोधी गतिविधि गरेको

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

एजेन्सी– जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब

यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण 

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको