बारा बस दुर्घटना अपडेट : घाइते २० जनालाई भरतपुर लगियो | Khabarhub Khabarhub

बारा बस दुर्घटना अपडेट : घाइते २० जनालाई भरतपुर लगियो


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ । हेटौँडाको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सन्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका- १४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका-८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो ।

यसैगरी हेटौँडा उपमहानगर-१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका-१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसिया पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ३ : ५४ बजे

एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित 

धनुषा– नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

कञ्चनपुर- कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको

बीपी राजमार्गको बेहाल (तस्बिरहरू)

काठमाडौं– गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले

सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन

काठमाडौं- बलिउड गायक सोनु निगम फेरि भाषिक विवादमा फसेका छन्

पूर्वीनाकाबाट चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१–८२ को १०