मकवानपुर–१ मा एमालेले कमल थापालाई सघाउने « Khabarhub

मकवानपुर–१ मा एमालेले कमल थापालाई सघाउने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । उनी नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका हुन् ।

अध्यक्ष थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

यस अघि शुक्रबार बेलुकी एमालेले जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णय सार्वजनिक भएसँगै राप्रपा नेपालका अध्यक्ष थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटपछि उक्त शुक्रबारको निर्णय परिवर्तन गर्दै एमालेले मकवानपुर १ मा थापालाई सघाउन तयार भएको हो ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ०८ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध