कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध | Khabarhub Khabarhub

कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ।

एयरलाइन्स कम्पनीका जहाजहरू काठमाडौं फर्कनु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्।

लगातार पानी पर्नु र नेपालगञ्जमा कुनै पनि जहाज नभएका कारण हवाई सेवा अवरुद्ध भएको हो। गत असोज १८ गते तारा एयरले सिमकोट लगायत कर्णालीका हिमाली जिल्लामा उडान भरेको भए पनि त्यसपछि कुनै पनि उडान हुन सकेको छैन।

हुम्लाको सिमकोट, जुम्ला, मुगुको ताल्च, डोल्पाको जुफाल र सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी विमानस्थलमा चार दिनदेखि कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ।

नेपालगञ्जले मुख्य गरी निजी तथा नेपाल एयरलाइन्सका कुनै पनि जहाजहरू नभएको कारण उडान हुन नसकेको जनाएको छ। शनिबार पनि नेपालगञ्जबाट हिमाली जिल्लामा उडान भर्ने जहाजहरू कुनै पनि नभएको बताइएको छ। त्यस्तै स्थलमार्गसमेत अवरुद्ध भएको छ। जाजरकोट डोल्पा र कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : ४२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु