सञ्चारमन्त्री कार्कीद्वारा उम्मेदवारी दर्ता « Khabarhub

सञ्चारमन्त्री कार्कीद्वारा उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इनरुवा- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ समेत निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम इनरुवामा पुगी उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् । बाजागाजासहित मन्त्री कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) बाट सदानन्द मण्डल र ४ (ख) बाट हाजी इसराइल मंसुरीले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ मा १ नं प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वतारणमन्त्रीसमेत रहेका जगदीशप्रसाद कुसियैतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र क्षेत्र नं ४ (ख) बाट अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३५ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब