वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा काठमाडौँ ५ बाट मनोनयन दर्ता « Khabarhub

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा काठमाडौँ ५ बाट मनोनयन दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

उनीसँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराएका छन् । आइतबार मनोनयन दर्ता गराएपछि पोखरेलले नेकपा एमालेले जनताको हितका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए। नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए।

२०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौँ ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ५३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा