शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न « Khabarhub

शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धक रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

आयोगबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार करिब एक हजार छ सय प्रतिनिधिसभा र करिब दुई हजार उम्मेदवारी प्रदेशसभा सदस्यका लागि परेको छ । उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेकाले केही समयपछि अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

कतिपय स्थानमा भने उम्मेदवारी दर्ताका लागि उम्मेदवार लामबद्ध भएकाले ढिलोसम्म दर्ता प्रक्रिया चलिरहेको छ । राजनीतिक दलले ढिलो अर्थात् अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेकाले कतिपय उम्मेदवारलाई स्वयं उपस्थित भएर मनोनयनपत्र दर्ता गराउन भ्याइनभ्याइ परेको थियो ।

मुलुकको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी नतिजा आफ्नो पक्षमा सुदृढ तुल्याउन बेग्ला–बेग्लै चुनावी गठबन्धन बनाउने सन्दर्भमा लामो समय खर्चनुपरेकाले पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो ।

साना दलहरूलाई आफ्नो पक्षमा ल्याएर गठबन्धनलाई निकै प्रभावकारी तुल्याउन र उम्मेदवार चयनको विषय टुङ्ग्याउन दलका शीर्ष नेताबीच रस्साकस्सी र मेहनत गर्नुपरेको थियो ।

कुन–कुन दलबीच के–कस्तो गठबन्धन हुन्छ भन्ने विषयमा सर्वत्र निकै चासोका साथ हेरिएकामा उम्मेदवार मनोनयनसँगै त्यो अन्योल हटेको छ । त्यसो त प्रमुख पार्टीभित्र नै पनि उम्मेदवार चयनका विषयलाई लिएर केही आलोचना र टिप्पणीसमेत भएको पाइएको छ ।

अघिल्ला निर्वाचनमा कडा प्रतिस्पर्धी रहेका राजनीतिक दलका उम्मेदवार सहयोग र सहकार्य गर्ने प्रतिबद्धताका साथ अर्काे पार्टी र आफ्नो पार्टीको झण्डा एउटै हातमा लिएर उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेको दृश्य रोचक नै थियो ।

निर्वाचनमा उम्मेदवारले दुवै पार्टीका झण्डा बोकेर हिँड्ने परिस्थिति निर्माण हुनुलाई राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुन सक्दैनन् भन्ने सन्देश प्रवाह भएको छ ।

यसपटकको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा मात्र नभई आफ्नो पार्टीभित्र निकै प्रभावशाली मानिएका डा बाबुराम भट्टराई, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, हरिबोल गजुरेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्यलगायतका नेता उम्मेदवारका रूपमा देखिएनन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नेपालको संसदीय निर्वाचनका हिसाबले छैटौँ र गणतन्त्र स्थापनापछिको दोस्रो हो । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ५५ र समानुपातिकतर्फ ४९ राजनीतिक दलले भाग लिएकामा दलका एक हजार चार सय ५२ र स्वतन्त्र चार सय ९२ गरी कुल एक हजार नौ सय ४४ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र  समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिधिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ०६ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक