दाङबाट ९० जनाको उम्मेदवारी « Khabarhub

दाङबाट ९० जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको विवरणअनुसार तीन निर्वाचन क्षेत्र भएको दाङमा प्रतिनिधिसभाको तीन सदस्यका लागि ४४ र प्रदेशसभाका छ सदस्यका लागि ४६ जनाले मनोनयन गराएका हुन् । 

यीमध्ये १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ सात जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जना, प्रदेशसभाका लागि १ (क) मा नौ जना, १ (ख) मा छ जनाको उम्मेदवारी परेको हो । 

यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २ (क) मा एक स्वतन्त्रसहित आठ र २ (ख) मा पाँच जनाको उम्मेदवारी परेको हो । यस्तै निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ छ स्वतन्त्रसहित १७ जना, प्रदेशसभातर्फ ३ (क) मा दुई स्वतन्त्रसहित नौ र ३ (ख) मा चार स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार वर्षा जारी रहे पनि सबै दलका तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । यसैबीच दाङ क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीले मनोनयन दर्ता गराएका छन् 

नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी (सत्गौवा)ले उम्मेदवारी दर्ता गराएका छन् 

त्यसैगरी दाङको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेका तर्फबाट शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली, राप्रपाका ओजबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ०१ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित