उदयपुरबाट ६४ जनाको उम्मेदवारी | Khabarhub Khabarhub

उदयपुरबाट ६४ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको निर्वाचन क्षेत्र १ र २ मा आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रणसहित ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट तीन जना र प्रदेशसभा सदस्यमा पाँच जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन क्षेत्र १ बाट सत्तारुढ गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का, एमालेबाट मन्जुकुमारी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट खुशीलाल ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कम्पसबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पाटीबाट धुव्रकुमार रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उद्धव अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राई, सचेत नेपाली पार्टीबाट हरिबहादुर बुढाथोकी, नागरिक उन्मुक्ति पाटीबाट कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट ललकु चौधरी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट केशरबहादुर मगर, जनता प्रगतिशील पार्टीबाट मुकेश सहनी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट रामप्रसाद चौलागाईं, स्वतन्त्रबाट राम श्रेष्ठ चौधरी गरी १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा,  एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार श्रेष्ठ, कांग्रेस बिपिबाट केशबबहादुर पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल अर्गनाईजेशन पार्टीबाट भाष्कर राई, हाम्रो नेपाली पार्टीबाट लोबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बन्सिधर न्यौपाने,  जनजागरण पार्टी नेपालबाट बिन्दाकुमारी कटुवाल, जनता समाजवादी पार्टी नेपालबाट सिद्धान्त राई, स्वतन्त्रबाट रामकुमार राई, स्वतन्त्रबाट राममणि पौडेल गरि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

उदयपुरका चारवटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा ३६ जनाको उम्मेदवारी परेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ३ : ३१ बजे

सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक

काठमाडौं- बलिउड नायक रणवीर कपुर स्टारर फिल्म ‘रामायण : पार्ट

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत

काठमाडौं– कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको

सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेकको

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका