खप्तड गोल्डकपको विजेता पुलिस सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो | Khabarhub Khabarhub

खप्तड गोल्डकपको विजेता पुलिस सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । खप्तड गोल्डकप विजेता नेपाल पुलिस क्बबललाई २–० ले हराउँदै हिमालयन शेर्पा क्लब सिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खप्तड गोल्डकपको उपाधी जितेको २ दिन पछि नै पुलिस सिमरा गोल्डकपमा खेल्न आएको थियो । जसमा पुलिसको टिममा खेलाडीको थकान प्रष्ट देखिन्थ्यो । जसका कारण उसले शेर्पा विरूद्द राम्रो खेल्न सकेन ।

पुलिसका खेलाडी विच अन्तिम १० मिनेट तालमेल नहुँदा हार्न पुग्यो । उसले यो विचमा २ गोल खान पुग्यो । खेलको ८६ औं मिनेटमा त्रिदेभ गुरूङको गोलमा शेर्पाले अग्रता बनायो । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा हेमन गुरूङको गोलमा उसले अग्रता दोब्बर पार्यो ।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन र पराजित भयो । सेमिफाइनलमा हिमालयनले थ्री स्टार क्लब र संकटाको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : २९ बजे

अब नेपालमा ओमानी रियाल खरिद बिक्री हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल मंसिर ७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर ७ गते शुक्रबार तदनुसार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि