चितवन मेडिकल तोडफोडको आरोपमा तीन जना पक्राउ | Khabarhub Khabarhub

चितवन मेडिकल तोडफोडको आरोपमा तीन जना पक्राउ


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१३ का धनबहादुर बिक, जीवन सुनार र विकासबहादुर दमाइ रहेका छन् । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरूसहित नौ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उनले बताए । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउनेलाई तीन वर्षसम्म कैद वा तीन लाख जरिवाना हुने व्यवस्था रहेको छ । यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : १९ बजे

मुख्यमन्त्री सिंह र एडिबी टोलीको भेटमा के भयो कुराकानी ?

जनकपुर – मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्याङ्कन अन्तिम

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु उपयुक्त होइन : मन्त्री सिंह

कैलाली – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास

माधवविरुद्ध ६३२ पृष्ठको मुद्दा : कानून छैन, कैफियत छ

काठमाडौं– पतञ्जलि जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसमेत ९३ जनाविरुद्ध

मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङ बराबरी

काठमाडौं – नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको

महेश बर्तौलाको टिप्पणी- माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई जोड्नु गलत

काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को