मन्त्री थापाद्वारा सुविधाको सवारी फिर्ता « Khabarhub

मन्त्री थापाद्वारा सुविधाको सवारी फिर्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी सुविधा  फिर्ता गरेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेशसभा सदस्यका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्नुभएको मन्त्री थापाले आज सवारी सुविधा फिर्ता गरेका हुन् ।

मन्त्री थापाले गण्डकीको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रुपमा प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयका सचिव शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री थापाले विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको विवरण सार्वजनिक गरेका थिए । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ३७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको