मकवानपुरमा उम्मेदवारमाथि परेन उजुरी  « Khabarhub

मकवानपुरमा उम्मेदवारमाथि परेन उजुरी 


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । निर्वाचन आयोगले  उम्मेदवारीमाथि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकेको थियो ।

मकवानपुरका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र गरी छ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ (क) मा आठ, १ (ख) मा १० र क्षेत्र नम्बर २ (क) मा १० र २ (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित