झापामा एक सय एकको उम्मेदवारी दर्ता  « Khabarhub

झापामा एक सय एकको उम्मेदवारी दर्ता 


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलबाट ६८ जनाले र स्वतन्त्रबाट ३३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ बाट १६, क्षेत्र नंं २ मा २०, क्षेत्र नं ३ मा १८, क्षेत्र नं ४ मा २०, क्षेत्र नं ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ । 

यसैगरी प्रदेशसभाका १० पदका लागि एक सय छजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदेश नं १ को (क) मा छ, (ख) मा १२, क्षेत्र नं २ को (क)(ख) मा १०-१०, क्षेत्र नं ३ को (क) मा आठ, (ख) मा ११, क्षेत्र नं ४ को (क) मा १० (ख) मा १२, क्षेत्र नं ५ को (क) मा ११, (ख) मा १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

झापामा तीन राजनीतिक दलका शीर्षनेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्षेत्र नं ५ बाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं ३ बाट र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरी चुनावी अभियानमा होमिएका हुन् । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४३ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा