अनिता गिरी अब ठूलो पर्दामा देखिँदै « Khabarhub

अनिता गिरी अब ठूलो पर्दामा देखिँदै


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिब एक दर्जन म्युजिक भिडिओमा अभिनय गरिसकेकी अनिता गिरी अब ठूलो पर्दामा देखिने तयारीमा रहेकी छन्। खोटाङ सिम्पानी स्थायी घर भई काठमाडौँलाई कर्मथलो बनाएकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनले पहिलो भिडिओ ‘बैगुनीले गएको थियो छोडेर’ गीतमा गरेकी थिइन्। त्यसपछि ‘सजाए तिम्रो माया’, ‘लगन जुर्‍यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता गीतका भिडिओमा उनले कुशल अभिनय गरिसकेकी छन् ।

म्युजिक भिडिओमा अभिनय गरेसँगै उनले केही अवार्ड पनि हात पारिसकेकी छन् । अब उनी विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दै छिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरिसकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा समेत सहभागी भइसकेकी छन् ।

अभिनयमै पूर्ण रूपमा समर्पित भएकी उनी सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्छिन् । म्युजिक भिडिओ र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो हेर्न त बाँकी नै छ तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ४० बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको