पाँचथरमा एक हजार मतदाता घटे « Khabarhub

पाँचथरमा एक हजार मतदाता घटे


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लामा मतदाता घटेका छन्। गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए। तर आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए। स्थानीय तहको निर्वाचनभन्दा एक हजार दुई सय ९२ मतदाता घटेको उनको भनाइ छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको सङ्ख्या घटेको पाइएको हो। मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको सङ्ख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ। यहाँबाट तराईतर्फ बसाइँसराइको क्रम अत्यधिक रहेकाले मतदाता र जनसङ्ख्या घट्ने गरेको छ।

यस्तै मतदाता सङ्ख्या जनसङ्ख्याको लैङ्गिक अनुपातसँग मिल्दोजुल्दो हुनुपर्ने भए पनि जिल्लामा भने फरक रहेको पाइएको छ। कार्यालय प्रमुख भट्टराईका अनुसार पाँचथरमा अहिले कायम भएका मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन्। जबकि पाँचथरको विसं २०७८ को जनसङ्ख्याअनुसार पुरुषभन्दा महिलाको सङ्ख्या तीन सयभन्दा बढी छ। सो जनगणनाको तथ्याङ्कानुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ७४ हजार चार सय १९ छ। जसमध्ये पुरुष ८७ हजार ३३ र महिला ८७ हजार तीन सय ८६ छन्।

जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदातामा महिलाको सङ्ख्या कम देखिएको हो। अहिले कामय भएको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या सात हजार आठ सय कम छ। ‘महिला मतदाताको सङ्ख्या कम हुनुमा राज्यको पहुँच नपुग्नु, यहाँको मानिस भए पनि अन्यत्रै बसोबास गर्नु, मतदान वा निर्वाचन प्रक्रियाबारे अनविज्ञ वा अनिच्छुक हुनुजस्ता कारण हुन सक्छन्’, भट्टराईले भने। घरदैलो अभियानमार्फत मतदाता पहिचान आवश्यक देखिएको उनले बताए।

यस्तै आगामी निर्वाचनका लागि पाँचथरमा एक मतदान केन्द्र र मतदानस्थल थप भएको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रहेको सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रलाई फुटाइ सोही वडाको सरस्वती आधारभूत विद्यालय कम्फ्युटारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए।
अब पाँचथरमा एक सय दुई मतदान केन्द्र र एक सय ७७ मतदानस्थल कायम भएका छन्। आठवटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एकमात्रै निर्वाचन क्षेत्र रहेको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : १५ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक