काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी « Khabarhub

काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो।

उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको थियो।

काठमाडौँ २ की निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार उजुरी उपर आज छानबिन गरेर निर्णय लिइनेछ । निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवार हुनु अघि कुनै पनि व्यक्तिले बेरुजु भए त्यसको फछ्र्यौट गर्नु पर्ने उल्लेख गरेको छ। फछ्र्यौट नगरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ तथा आचार संहिताको दफा ४६ बमोजिम उम्मेदवारी नै खारेज हुने कानुनी व्यवस्था रहेको विषयलाई पनि उजुरीकर्ताले स्मरण गराएका छन् ।

श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रण गर्ने नाममा ७० हजार ६१८ रुपैयाँ भत्ता लिएको महालेखाको वार्षिक प्रतिवेदनमा औंल्याइएको उजुरीमा उल्लेख छ।

उक्त भत्ता बागमती प्रदेश सरकारद्वारा जारी गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ विपरीत रहेको भन्दै उजुरी परेको हो।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : २८ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप