विश्व इतिहासमा आज : गिनीको स्वतन्त्रतादेखि कोलम्बसको अमेरिका यात्रासम्म « Khabarhub

विश्व इतिहासमा आज : गिनीको स्वतन्त्रतादेखि कोलम्बसको अमेरिका यात्रासम्म


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज १२ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

गिनीको स्वतन्त्रता
सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो। गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो। तत्कालीन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो। सन् १९७२ मा नुमाले आफूलाई गिनीको आजीवन राष्ट्रपति घोषणा गरेका थिए।

सोभियत युनियनका तीन वैज्ञानिकको अन्तरिक्ष यात्रा
सन् १९६४ मा सोभियत अन्तरिक्ष यान भोस्कोद १ मा पहिलो पटक तीन जना वैज्ञानिकले अन्तरिक्षको यात्रा गरेका थिए। अन्तरिक्ष उडानमा पहिलो पटक उनीहरू तीनै जनाले ‘स्पेस सुट’ लगाएका थिएनन्।

निकिता ख्रुश्चेभद्वारा राष्ट्रसंघमा जुत्ता राखेर व्यंग्य
सन् १९६० मा राष्ट्रसंघको महासभाको बैठकको क्रममा सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिव निकिता ख्रुश्चेवलले जुत्ता खोलेर टेबुलमा राखेका थिए। एक फिलपिनी प्रतिनिधिमन्डलले पूर्वीयुरोपमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको टिप्प्णीको जवाफमा उनले जुत्ता फुकालेका थिए।

कोलम्बसले टेके नयाँ देशमा पाइला
स्पेनबाट तीन ओटा जहाजमा क्रिस्टोफर कोलम्बसको नेतृत्वको कारिन्दाहरूको एउटा अन्बेषक टोलीले सन् १४९२ मा अहिलेको बाहमासमा पाइला टेकेका थिए। कोलम्बसले अमेरिका पत्ता लगाएका थिए।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ५९ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२