सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा | Khabarhub Khabarhub

सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले आज एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा बिरुवा रोपिएको हो ।

राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी, महोत्तरीको बर्दिवास र चितवनको शक्तिखोरमा पुगेर सेनाका व्यारेक परिसरमा उक्त अभियानअन्तर्गत विभिन्न जातका बिरुवा रोपे ।

सेनाले ‘एक जवान एक रुख’ (फलफूलको बोटसहित) रोपण अभियान सैनिक मुख्यालय जङ्गीअड्डाबाट शुक्रबार शुरु गरेको थियो । शुक्रबार सेनाले त्यहाँ २५० फलफूलका बिरुवा रोपेको थियो ।

सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपण कार्यक्रमलाई सहयोग पुर्‍याउने हेतुले सेनाले उक्त अभियान प्रारम्भ गरेको प्रधानसेनापति थापाले बताए । अभियानका क्रममा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूलका साथै अरु विभिन्न जातका बिरुवा रोप्ने मात्र नभई संरक्षण पनि गर्ने नीति सेनाले लिएको छ ।

आज अपराह्नसम्म सेनाका विभिन्न व्यारेकमा आँप, लिची, कागती, सुन्तला, शीतलचिनीलगायतका फलफूलका साथै विभिन्न करीब ३८ हजार बिरुवा रोपिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उक्त अभियानलाई सफल तुल्याउन सेनाले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय र सहकार्य गर्ने गरेको छ । अभियानका क्रममा सबै पृतना, बाहिनी, गण र गुल्मका परिसरमा वृक्षरोपण गरिनेछ ।

आज नेपाली सेनाले गरेको वृक्षरोपण कार्यक्रममा रक्षासचिव रेश्मीराज पाण्डे, वलाक्ष्यक्षरथी गौरव तन्डुल, उपरथी प्रभुराम शर्मा, उपरथी अनन्त कार्की, प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवर, सहायकरथी प्रेम शाहीलगायत वरिष्ठ सैनिक अधिकारीले भाग लिएका थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : २० बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले