निरन्तरको वर्षाले धान उत्पादन घट्ने अनुमान  « Khabarhub

निरन्तरको वर्षाले धान उत्पादन घट्ने अनुमान 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्वत– बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताए । 

असारको सुरुआततमै रोपिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फूल लाग्ने बेला वर्षाले असर गर्ने उनको भनाइ छ । भारी वर्षा हुँदा धानमा लागेको फूल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने अनुमान गरिएको हो । 

उनका अनुसार विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्ने गर्दछन् । जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन् । वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण डाँडामा रहेको खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कार्यालय प्रमुख थापाको भनाइ छ ।

‘ठाडो अवस्थामा रहेको र फूल खेल्ने बेलाको धानको फूल झर्दा परागसेचनको अभावले उत्पादनमा कमी आउँछ । पसाइसकेको धान भएमा ढलेको धानको बाला पानीमा डुब्दा बोटमा नै बाला कुहिन्छ’, उनले भने, ‘कतिपय कृषकहरूले वर्षाका कारण धानमा प्रभाव परेको छ । दसैँको बेला पनि भएकाले सबै विवरणहरू आइसकेका छैनन् ।’

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका नौ धान उत्पादन हुने गरेको छ । मुस्ताङ र मनाङमा भने धान खेती हुने गरेको छैन । सबै जिल्लामा गरेर यस वर्ष कूल एक लाख तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती लगाइएको अनुमान छ । देशभर नै एकनासले वर्षा भएका कारण सबै जिल्लाको धान खेती वर्षाका कारण प्रभावित भएको उनले बताए । 

निर्देशक रेग्मीका अनुसार गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, युएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बुढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बुढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : १८ बजे

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा