सर्लाही-२ मा गठबन्धनबाट महिन्द्र राय यादवको उम्मेदवारी  | Khabarhub Khabarhub

सर्लाही-२ मा गठबन्धनबाट महिन्द्र राय यादवको उम्मेदवारी 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ । 

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् ।

सर्लाही २ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार बनेका छन् । चारदलीय गठबन्धन र लोसपाबीच मधेस प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका छन् ।

यस्तै, सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ । गठबन्धनले आगामी निर्वाचनमा दलहरूबीचको सहमतिअनुरूप सम्बन्धित पार्टीको निर्देशन मानेर बागी उम्मेदवार फिर्ता लिएकोमा सबैलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ५१ बजे

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै