कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति « Khabarhub

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पु¥याएको छ ।

सयौँ घरपरिवारलाई विस्थापित बनाएको छ । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पूर्णरूपमा क्षति भएको र १२ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुई सय चार घरधुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए । असोज १९ गतेदेखि आएको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको उनले बताए । पहिरोले नगरपालिकामा दुई सय ५० घरमा क्षति पुगेको उनको भनाइ छ ।

रास्कोट नगरपालिका–१ को न्यौपानेवाडा, वडा नं ३ को साकाटिया, वडा नं ९ को थोल्ममा पहिराले एक सय पाँच, खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सान्नी त्रिवेणी गाउँपालिका–७ मा दुई वटा घर भत्किएर पूर्ण क्षति भएको र दुई सय घरको खलो, आँगनदेखि जमिनसमेत बगाएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। उनका अनुसार पहिराले दुई सय घरमा क्षति पुगेको छ ।

पचालझरना गाउँपालिकामा दुई सय, पलाँता गाउँपालिकामा तीन सय ५०, शुभकालिका गाउँपालिकामा ५५, महावै गाउँपालिकामा ७० र नरहरिनाथ गाउँपालिकामा ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ३९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने