तनहुँमा महिला उम्मेदवार चार प्रतिशत « Khabarhub

तनहुँमा महिला उम्मेदवार चार प्रतिशत


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

तेत्तीस प्रतिशत महिलाको नाममा वकालत गर्ने मुख्य राजनीतिक दलले नै महिला उम्मेदवारीका लागि उपेक्षा भाव राखेको पाइएको छ । संविधानमा उल्लेख गरेअनुरुप महिला उम्मेदवारका लागि कुनै पनि राजनीतिक दलले स्थान दिएको नपाइएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यमा २६ र प्रदेशसभा सदस्यमा ३६ गरी कूल ६२ उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक महिलाले उम्मेदवारी दिएका छन् । प्रतिशतका हिसाबले निर्वाचनमा करिब चार प्रतिशत महिलाको सहभागिता देखिएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । उनका अनुसार कूल ६२ उम्मेदवारमा कम्तीमा २० महिलाको उम्मेदवारी हुनुपर्ने थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ४१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा