दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा | Khabarhub Khabarhub

दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो बारीमा वृद्धवृद्धाले रोपेको सयपत्री फूल ढकमक्क फुल्न थालेको छ ।

तिहारलाई लक्षित गरी ‘परनिर्भरता हटाऔँ आत्मनिर्भर बनौँ’ भन्ने अभियानका साथ फूलको बीउ थाइल्याण्डबाट मगाएर राखिएको हो । नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार करिब चार हजार बिरुवा राखिएको छ ।

साढे दुई रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट करिब रु तीनदेखि चार लाखसम्मको आम्दानी हुने लक्ष्य राखिएको छ । आश्रमका अध्यक्ष दाहाल भन्छन्, ‘फूलबाट हुने आम्दानी आश्रममा रहनुभएका वृद्धवृद्धाका लागि औषधोपचार र अन्य आवश्यकताका लागि खर्चिनेछौँ ।’

आश्रममा कोही आफन्त नभएका, सडकमा अलपत्र परेका र बेसहारा अवस्थाका व्यक्तिलाई उद्धार गरेर राखिएको छ । यहाँ मानिस र सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ कुकुर, मयुर, बिरालो, गाई, खसीलगायत विभिन्न प्राणी आश्रममा राखिएको समाजका कोषाध्यक्ष मिरा केसीले बताउँछन् ।

फूलको बिरुवा राख्ने, गोड्ने, फूल टिप्ने, माला उन्ने जस्ता कामले आफूहरुलाई दिन कटाउने मेलोसमेत भएको धादिङ गल्छी गाउँपालिका–१ फोस्टारबाट उद्धार गरिएकी ८४ वर्षीया अमृतकुमारी अधिकारीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ०८ बजे

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ

काठमाडौँ– संघीय संसद्ले मंगलबार र बुधबार जेन-जी युवाद्वारा आयोजित आन्दोलनका

झापामा कर्फ्यु जारी : घरबाहिर ननिस्कन प्रशासनको आग्रह

झापा– प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि

जेनजीको समर्थन गरेका दीपकराजले किन ज्यानको असुरक्षा महसुस गरे ?

काठमाडौं – कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनको समर्थन गर्दा आफूलाई

वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचार अन्त्य सम्भव छैन ः लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राज्य संरचना

राष्ट्रपति भवन शीतल निवासमा सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको