तनहुँमा दुई लाख ४८ हजार मतदाता « Khabarhub

तनहुँमा दुई लाख ४८ हजार मतदाता


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आगामी मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेशको निर्वाचनमा तनहुँबाट दुई लाख ४८ हजार चार सय ९५ मतदाता सहभागी हुँदैछन्।

गत जेठ महिनादेखि यता चार हजार एक सय ५५ नयाँ मतदाता थपिएपछि उक्त सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

विसं २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए।

अस्थायी मतदान केन्द्र

त्यसैगरी आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय तथा प्रदेशको निर्वाचनमा मतदान केन्द्र, मतदानस्थलको साथै अस्थायी मतदान केन्द्र रहने छ। सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, कैदीबन्दी र आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको हो। सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले सङ्घीय संसद्को समानुपातिक उम्मेदवारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिए।

अन्यको हकमा भने सङ्घीय र प्रदेश दुवै उम्मेदवारलाई मतदान गर्न पाउने छन्। उनले भने, ‘अस्थायी मतदान केन्द्र निर्धारण गर्न बाँकी रहे पनि यस जिल्लाको हकमा बढीमा तीनदेखि चार वटासम्म हुन सक्छ।’ उक्त निर्वाचनमा यस जिल्लाबाट पुरुष एक लाख १९ हजार छ सय ५० र महिलातर्फ एक लाख २८ हजार आठ सय ४५ जनाले मतदान गर्दै छन्।

आवश्यकताको आधारमा निर्वाचन आयोगलाई अस्थायी मतदान केन्द्रको लागि सिफारिस गरी पठाइनेछ। उनले भने, ‘मतदान गर्नबाट कोही पनि नछुटून भनी आयोगले यस किसिमको कार्य व्यवस्था गरेको छ।’

जिल्लाका ८५ वडामा गरी एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र रहेको उनले जानकारी दिए। तनहुँका दुई निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका गरी ५७ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : २८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित