बाढीपहिरोले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित « Khabarhub

बाढीपहिरोले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– १९ असोजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएको छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैँ कर्णालीवासीका लागि निकै पीडादायी बनेको छ ।

सर्वसाधारणले बल्लतल्ल दसैँको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैँ मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी  साट्ने अवस्था भएन । दसैँको टीकाकै दिन बिहानैदेखि पानी परेको थियो। यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्यो ।

अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर भत्किँदा ४० परिवार विस्थापित भएका छन् । उनीहरू आफन्तको घरमा आश्रय लिइरहेका छन् ।

मेयर शाहीका अनुसार ९६ घरधुरी उच्च जोखिममा छन् । विपद्का कारण पीडित परिवारलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरूसँग मेयर शाहीले सहयोगका लागि आह्वान समेत गरेका छन् ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : २२ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा